मिति २०६६ बैशाख १७
महिलामाथि हुने हिंसा बिरुद्ध गठित सघर्ष समिती

देशमा भएको राजनैतकि अस्थिरताको कारण महिला माथि विभिन्न प्रकारका हिंसा बढ्दै गइरहेको छ । महिलाले विभिन्न निहुमा हरेक दिन जस्तै ज्यान गुमाउनु परेको र घर, समुदाय बाट निकालिनु परेको कुरालाई नकार्न सकिदैन ।
पछिल्लो समयमा महिलाहरुमाथि हुने हिंसाका घटनाहरु बढेको तथ्याङ्कले देखाएको छ । २०६६ बैशाख १ गते देखि १६ गते २ हप्ताको विचमामात्र महिला हिंसाका १२ वटा घटना भएका छन् यी मध्ये ३ जना महिलाले ज्यान गुमाएका छन् भने २ जना गर्भवती महिलालाई क्रुर तरिकाले यातना (कुटपिट) दिइएको छ । महिला मानब अधिकार रक्षक तथा नागरीक आवाजमा कार्यरत निर्मला थापाको रहस्यमय मृत्युको एक हप्ता पनि नबित्दै सुदुरपश्चिममा अर्की एक जना महिलाले श्रीमानको कुर्टाईबाट ज्यान गुमाएकी छन् । कञ्चनपुर सुडा गाबिस निबासी १८ बषिर्या रमिला चन्दलाई तरकारी मिठो नपकाएको निहुमा श्रीमान राम बहादुरले यातना पछि नृशंस हत्या गरेका छन् । ब्यबस्थापिका संसदबाट घरेलु हिंसा नियन्त्रण सम्बन्धी बिधेयक पास भएको एक हप्ता कै बीचमा २ जना महिलाले श्रीमानबाट ज्यान गुमाउन पुगेका छन् । यसैगरी कञ्चनपुरमा गर्भवी बुहारी लक्ष्मी भट्टलाई ससुरा बिष्णु भट्टले बेहोस हुने गरी पेटमा लात्तीले कुटपीट गरेका छन् भने सिराहामा पनि ससुरा रामकृष्ण यादबले गर्भवती बुहारीलाई क्रुर यातना दिएका छन् । महिलामाथि हुने यस्ता घटना नियन्त्रण गर्न न त सरकार गभींर देखिएको छ नत यो ऐनले नै नियन्त्रण गर्न सक्छ । सानो निहुमा पनि महिलाहरुले कहिलेसम्म मर्नु पर्ने हो - यसको जवाफ खोज्न सम्पर्ण महिला मानब अधिकार रक्षकहरु एकजुट भई सरकारकालाई महिला हिंसा अन्त्यकालागि आवश्यक संरचना निर्माण गरि कार्यान्वयन गर्न तुरुन्त दवाव दिन नसके देशमा रहेका ५१ प्रतिशत महिलाहरुको संख्या, हिंसाकै कारण नघट्ला भन्न सकिदैन । त्यसकारण महिलामाथि हुने हिंसा अन्त्यका लागि, पीडक र हत्यारालाई कडा कार्बाही गर्न महिलामाथि हुने हिंसा बिरुद्ध गठित सघर्ष समिती जोडदार माग गर्दछ ।
रीता थापा, नागरिक आवाज
डा. रेणु राजभण्डारी, महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जाल
दर्गा सोब, दलित महिला सघं
टिका दाहाल, अपाङ्ग महिला सघं
डा. सुमित्रा मानन्धर, एन कार्ड
धन लामा, महिला एकता समाज
संगीता लामा, डव्लु डव्लु जे,
सृजना पुन, महिलाको निम्ति महिला मञ्च
पार्वती बस्नेत, ओरेक नेपाल
शर्मिला काकी, जागरण नेपाल
पर्णशोभा चित्रकार, महिला बिकास समाज
चन्द्र प्रभा कोईराला, केयर नेपाल
मोहम्मद सिद्दीकी, फतिमा फाउण्डेशन
शोभा गौतमर्,र् इहृ्र्रिकन


